यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
जाजरकोट चिसोले गर्दा जाजरकोट एक भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।
भूकम्पपछि त्रिपालमुनि चिसोका कारण जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भइसकेको छ ।