यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा क्याम्पस र क्याम्पसको सेवाक्षेत्र भित्रका माध्यमिक विद्यालयहरू बिच एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रम साझा शैक्षिक सम्भाव्यताहरूको खोजी, पहिचान र कार्यक्रम निर्माण गरी संस्थाको शैक्षिक उन्नयनका लागि आवश्यक साझा नीति निर्माण गर्ने मुख्य उदेश्यका साथ सम्पन्न भएको क्याम्पस प्रमुख मुक्तिकला लामिछानेले बताउनुभयो।
यस अन्तरक्रिया कार्यक्रममा यस क्याम्पसको सेवाक्षेत्र भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, स्थानीय तहका शिक्षा अधिकृतहरू, स्रोत शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।