यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्समा कार्यरत विमान परिचारक र परिचारिका क्याबिन क्रु हरुसहित १२४ जनाले संयुक्त रिटमा दायर गरेको रिट सर्वोच्चमा आइतबार सुनुवाइ हुँदै छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा उनीहरुको रिटको पेसी तोकिएको छ। उनीहरुको रिटको पेसी ‘झ’ नम्बरमा छ।
आफूहरुमाथि अन्याय र विभेदभावपूर्ण व्यवहार भएको दाबीसहित उनीहरुले पुस २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिट निवेदकहरुले आफूहरुमाथि विभेदकारी व्यवहार भएको, सेवा–सुविधामा कानुन विपरीत विभेदको नीति ल्याएकाले त्यस्ता प्रावधान खारेजीका माग गरेका छन्।