यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङ गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बा डाँडामा निर्माणाधीन अवस्थामा रहेको खुल्ला पार्कको अवलोकन गरिएको छ ।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल, नेकपा माओवादी गजुरी गाउँपालिका पाटी अध्यक्ष सूर्य तामाङ, आदर्श बहुमुखि क्याम्पसका सभापति गणेश पाण्डे लगायतको सक्रियतामा पार्कको स्थलगत अनुगमन गरिएको हो ।
यस पार्कको निर्माणको तारबार भैसकेको र ६ करोडको डिपिआर भएको समेत गजुरी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष द्रोण कडेल ले बताउनुभयो।
बिषेशगरि पार्कलाई पिकनिक स्पटका रुपमा बिकास गरिने र अधिकांस संरचना निर्माण भईसकेको गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
गजुरी गाउँपालिकाभित्र तथा अन्य क्षेत्रबाट समेत पिकनिकका लागी आउन मिल्ने यो पार्कमा मन्दिर, ट्रस, चौर लगायतका काम भईरहेको छ । यसलाई अझै ब्यबस्थित गर्दै नमुना पार्कका रुपमा बिकास गरिने उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिनुभयो ।