|  

अभ्यास खेलमा नेपालको १९ वर्षमुनिको टोलीले स्कटल्यान्डलाई फराकिलो अन्तरले हरायो

२४ पुष २०८०, मंगलवार १२:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हराएको छ । गुलशन झाले शतक बनाएको खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३५ रनले हरायो । जितका लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ ओभर २ बलमा एक सय ४९ रनमा अलआउट भयो ।

आउँदो जनवरी १९ देखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

विश्व कप अघि नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्टइन्डिजसँग अभ्यास खेल खेल्नेछ ।

 

२४ पुष २०८०, मंगलवार १२:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस