|  

भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच जना बालबालिकाको ज्यान गयो

२५ पुष २०८०, बुधबार १३:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । भारतको उत्तर प्रदेशमा पाँच जना बालबालिकाको निसास्सिएर ज्यान गएको छ । उत्तर प्रदेशको अमरोहा जिल्लाको एउटा गाउँमा एउटै कोठामा सुतेका सात जनामध्ये पाँच जनाको निसास्सिएर ज्यान गएको र दुई जनाको उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशमा चिसो बढेकाले उनीहरुले कोठा न्यानो बनाउन कोठामै कोइला बालेर खाना पकाएका र त्यही कोठामा सात जना सुतेका थिए । कोठामा अक्सिजनको अभाव हुँदा निसास्सिएर बालबालिकाको ज्यान गएकोे प्रारम्भिक अनुमान रहेको खबरमा उल्लेख छ ।

२५ पुष २०८०, बुधबार १३:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस