यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङको तेक्वान्दो प्रशिक्षक अमृत तामाङले वल्ड तेक्वान्दो हेडक्वाटर (कुकियन)बाट ५ डान लिनुभएको छ ।
नेपाली संघले दिने नेपाली प्रमाणपत्र नेपालमा मात्र मान्यता हुन्छ भने‚ कुकियनले दिने उक्त प्रमाणपत्रले विश्वको कुनै पनि देशमा मान्यता पाउने छ ।
प्रशिक्षक तामाङले वि. स. २०५४ सालदेखि निरन्तर तेक्वान्दो खेलमा जोडिदै धादिङ जिल्लामा तेक्वान्दो विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आइरहनुभएको छ ।
उहाँले नेपाली सेनामा ३२ जनाको साथै अन्य विद्यालय र दोजाङ्हरुमा गरी ५०० जना भन्दा धेरै ब्ल्याकबेल्ट उत्पादन गरिसक्नु भएको छ । उहाँ कुकियनबाट ५ डान लिने धादिङको पहिलो खेलाडी समेत हुनहुन्छ् ।
हाल पनि धादिङ बोर्डिङ स्कुल र बीच बजार रहेको धादिङ तेक्वान्दो डोजाङमा तालिम सञ्चालन गर्दै आइरहनु भएको उहाँले धादिङको खेलाडीहरूलाई फ्रान्श‚ मेक्सिको‚ रुस र थाइल्याण्ड जस्ता देशहरुमा पनि प्रतियोगिता खेल्नको लागि पठाई सक्नु भएको छ ।