|  

मैले मेरो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री 

२७ पुष २०८०, शुक्रबार १२:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको बताएका छन्। शुक्रबार नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’ को उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मान गर्दै आएको बताएका हुन्।

खेलकूद क्षेत्रको महत्व बहुआयामिक रहेको भन्दै अब खेल क्षेत्र शारीरिक र मानसिक स्वास्थ्यमा मात्रै सीमित नरहने जिकिर गरे । ुहाम्रोजस्तो विकासशील देशका निम्ति खेलकुद क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आयाम हुन सक्छ, अन्तर्राष्ट्रिय कुटनीतिमा समेत यसको बहुआयमिक महत्व रहन्छ ।

प्रधानमन्त्री दाहालले देशभरिका खेलाडीहरूलाई समेटेर अन्तर्राष्ट्रिय गतिविधि गर्नेमध्ये वादोरियो संघ देखिएको बताए। उनले नेपाल अपार सम्भावनाले भरिपूर्ण देश भन्दै देशको विकास र प्रगतिका निम्ति प्रशस्त सम्भावनाहरू रहेको औंल्याए।

पछिल्लो दशक खेल क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको बताए। प्रधानमन्त्री दाहालले भने,ुपछिल्लो दशक खेल क्षेत्रमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ । त्यसैले पनि मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु ।ु

२७ पुष २०८०, शुक्रबार १२:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस