|  

इरानमा भएको दुईवटा बम विस्फोटका सम्बन्धमा ३५ जनालाई पक्राउ

२८ पुष २०८०, शनिबार १२:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । इरानले दक्षिणपूर्वी शहर केरमानमा भएका दुईवटा बम विस्फोटका सम्बन्धमा ६ प्रान्तका ३५ जनालाई पक्राउ गरेको घोषणा गरेको छ ।

मन्त्रालयले जनवरी ३ मा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै भएको आतंकवादी आक्रमणमा संलग्न जसमा ९० भन्दा बढीको मृत्यु भएको थियो भने २८० जना घाइते भएका थिए । केरमान, सिस्तान र बलुचेस्तान, खोरासान रजावी, इस्फाहान, तेहरान र पश्चिम अजरबैजानबाट उनीहरूलाई पक्राउ गरेका हुन् ।

विदेशमा रहेका केरमान आक्रमणमा संलग्न केही व्यक्तिहरूको पहिचान भई पक्राउ गर्ने प्रयास जारी रहेको पनि उल्लेख गरिएको छ ।

२८ पुष २०८०, शनिबार १२:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस