यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । दाङको भालुवाङस्थित राप्ती नदीमा भएको बस दुर्घटनामा परि मृत्यु भएकामध्ये १० जनाको सनाखत भएको छ। प्रहरीका अनुसार थप दुई जनासहित अहिलेसम्म १० जनाको सनाखत भएको हो।
थप सनाखत हुनेमा चितवनको भरतपुर नगरपालिका वडा नं। २५ निवासी ३५ वर्षीय अनिल खड्का र बाँकेको खजुरा गाउँपालिका वडा नं ३ का सञ्जय केसी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख उज्ज्वल बहादुर सिंहले जानकारी दिए।
खड्काको शव उनको जेठान गोवर्धन रावलले सनाखत गरे भने सञ्जय केसीको बुवा पदम केसीले सनाखत गरेको सिंहले जनकारी दिए। दुर्घटनामा परि मृत्यु भएका १२ जनामध्ये ८ जनाको यसअघि नै सनाखत भई सकेको छ। अन्य दुई जनाको सनाखत हुन बाँकी छ।