|  

थाइल्याण्डको पटका कारखानामा विस्फोट, २३ को मृत्यु

४ माघ २०८०, बिहीबार ११:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । मध्य थाइल्याण्डमा एक पटका कारखानामा विष्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । विष्फोट स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो ।

सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजल समूह ईओडी लाई उद्धृत गर्दै एएफपीलाई भने, ‘हामीले इओडी टोलीबाट २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त गरेका छौँ । विष्फोटको कारणबारे कुनै संकेत प्राप्त भएको छैन ।’

विष्फोटको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । प्रहरी अधिकारीहरूका अनुसार छेउछाउका क्षेत्रमा कुनै क्षति भएको छैन । प्रधानमन्त्री श्रेथाले मृतकका परिवारप्रति दुःख व्यक्त गरेका छन् । उनले कारखाना अवैधरूपमा सञ्चालन भइरहेको थियो वा थिएन र घटनाको कारणबारे पनि छानबिन गर्न आदेश दिएका छन् ।

 

४ माघ २०८०, बिहीबार ११:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस