|  

“सिपको प्रमाणपत्र खोपाँ हैन, ब्यवसायिक बन्नुस्, लागत नपुगे हामी दिन्छौँ” : अध्यक्ष श्रेष्ठ

५ माघ २०८०, शुक्रबार १४:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी / धादिङ गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्यमी महिलाको रुपमा स्थापित भएर रोजगारमूलक अभियानमा लाग्न महिलाहरुलाई निर्देशन दिनुभएको छ ।

गजुरी गाउँपालिकाको आयोजनामा मकैको खोस्टाबाट हस्तटोपी, ब्याग,चकटी, सालको पातबाट दुना, टपरी बोहोता बनाउने १ महिने अभियानको समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । तालिम सञ्चालन भएपछि सिपको प्रमाणपत्रलाई खोपामा नराखी उपयोगीतातिर लैजान उहाँको जोड थियो ।

गजुरी गाउँपालिकाले सञ्चालन गरेका यस्ता महिला बिकास सम्बन्धि तालिममा सहभागी भएपछि आफुले सिकेको सिपअनुसारको उत्पादनलाई पसल वा बजारसम्म लैजाने ब्यबस्था गर्नुपर्ने उहाँको भनाई थियो ।

‘हाम्रो गजुरी बजार नै मलेखु देखि आदमघाट सम्म नै छ, हामीकहाँ तीनचार सय त होटलहरु नै छन्, उनीहरुलाई प्लास्टिक हैन’, ‘अबबाट टपरि प्रयोग गर्नुस् भन्दा गर्छन्’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हजुरले उत्पादन गर्नुभएको सामानको बजारीकरण हामी नै गछौँ’, उहाँले थप्नुभयो, ‘बरु लागत कति आउँछ, नपुगे हामी हाल्दिन्छौ तर तपाई उत्पादनशिल बिचारधारामा उभिएर काम गर्नुपर्यो ।’

उहाँले गजुरी गाउँपालिकाभित्र उत्पादन भएका सामाग्रीहरुको बजार ब्यबस्थापनमा पालिका स्वयम् जिम्मेवार बस्ने बताउनुभयो । अहिले महिलाहरुले सिकेको सिपलाई सदुपयोग गर्दै यो प्रमाणपत्रलाई सहि ठाउँमा प्रयोग गर्न आग्रह गर्नुभयो । ग्रामिण भेगमा महिलाहरु एक ठाउँ भेला भएर गाउँका कुना कन्दरामा छरिएर रहेका सिपलाई आर्थिक उपार्जनको बाटोमा लगाउन र यसमा गाउँपालिका सँगसँगै अगाडी बढ्ने उहाँले बताउनुभयो ।

गजुरी गाउँपालिका वडा नम्बर १ छात्राबासमा मकैको खोस्टाबाट बिबिध सामाग्रीहरु ब्नाउने तालिम पौष १ देखि माघ १ गतेसम्म सन्चालनमा लेराइएको ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँ नेपालका प्रशिक्षक कमला ढकालले बताउनुभयो । गजुरी गाउँपालिकाले महिलाहरुको शिक्षा, रोजगार लगायत समग्र आर्थिक उपार्जनका काममा लागी परिरहेको पालिका उपाध्यक्ष सर्मिला बिशुरालले जानकारि दिनुभयो ।

५ माघ २०८०, शुक्रबार १४:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस