|  

माइतीघरलाई निषेधित क्षेत्र तोकेको विरोधमा प्रदर्शन

६ माघ २०८०, शनिबार १३:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको विरोधमा प्रदर्शन गरिएको छ। बृहत् नागरिक आन्दोलनको ब्यानरमा शनिबार बबरमहलस्थित नेपाल कला परिषद्अघि प्रदर्शन गरिएको हो।

विभिन्न समूहले आफ्ना माग राखी प्रदर्शन गर्दै आएको माइतीघर मण्डला क्षेत्रलाई सरकारले केही महिनायता निषेधित क्षेत्र घोषणा गरेको छ। त्यसको विरोधमा सोही क्षेत्रमा प्रदर्शन गर्नेहरूलाई पक्राउ गर्ने गरेको छ।

शनिबारका प्रदर्शनकारीले लोकतान्त्रिक स्थानको संकुचन नगर,लोकतान्त्रिक स्थानलाई नखुम्च्याऊ,‘माइतीघरको निषेधाज्ञा खारेज गरु, माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गरु लगायतका नारायुक्त पम्प्लेट प्रस्तुत गरेका थिए।

प्रदर्शनमा सहभागी नवीन तिवारीले लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि अहिलेको सरकारले विरोध गर्ने ठाउँ खुम्च्याउदै लगेकाले आफूले विरोध गर्नुपरेको बताए।

 

 

६ माघ २०८०, शनिबार १३:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस