|  

मुग्लिन–पोखरा १९.५ किलोमिटर सडक कालोपत्र

६ माघ २०८०, शनिबार १३:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९ ५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ। तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९ ५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो।

सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए। त्यसमध्ये ७।२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ।

‘सबैगरी १९।५ किलोमिटर कालोपत्र भएको छ। कालोपत्रमध्ये ७।२ किमीमा दुईतर्फी कालोपत्र सकिएको छ। हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रको काम भइरहेको छ,’ इन्जिनियर पाण्डेले भने।

६ माघ २०८०, शनिबार १३:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस