यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुस–युक्रेन युद्धमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउनका लागि सरकारले प्रयास गरिरहेको बताएका छन् ।
युगाण्डाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसकेको जानकारी दिए । युगाण्डामा रुसी उपविदेशमन्त्रीसँग भेट गरेर नै नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरिएको उनले बताए ।
उनले जागिर खाने नाममा राज्यको नीति र संविधानको मर्म विपरीत जहाँ पायो त्यहीँ जाने प्रवृत्ति रोकिनुपर्ने पनि बताए । उनले भने, ‘जहाँ पायो त्यही जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने । अझ बाटो छलेर जाने यो तरिका भएन ।’ अहिले रुस र युक्रेनसँग कुरा भइरहेको भए पनि उनीहरूले कति प्रेसरमा नेपालको कुरा सुन्छन् भन्ने कुरा महत्वपूर्ण भएको बताए ।