यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
बागमती प्रदेशमा लोक सेवा आयोगले प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि १ हजार ११३ कोटामा विज्ञापन गरेको छ ।
सोमबार सूचना प्रकाशित गरी प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तह तर्फ खुला र समावेशी समूहमा दर्खास्त खुलाएको हो।
ती पदहरूमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ।