यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रूसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
खार्किभ अभियोजकको कार्यालयले शुक्रबार ६१ वर्षीया एक महिलाको मृत्यु भएको र उक्त सहरमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जनाएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा प्रतिकार गर्ने प्रतिबद्धता जनाएका छन् । रूसको नियन्त्रणमा रहेको डोनेत्स्क क्षेत्रमा युक्रेनी अधिकारीहरूले बिहीबारको रूसी आक्रमणमा परी छ जना घाइते भएको बताएका छन् ।