|  

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्रीको आग्रह

१२ माघ २०८०, शुक्रबार १५:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताएका हुन् ।

निःशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघको निकाय युएनओडीएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी इजुमी नाकामित्सुसहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद एक मात्र विकल्प भएकोमा जोड दिए ।

 

१२ माघ २०८०, शुक्रबार १५:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस