|  

विमानस्थलमा कुटपिट प्रकरणको छानबिनका लागि समिति गठन

१३ माघ २०८०, शनिबार ०५:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीहरूबीच कुटाकुट भएको घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ । गृह मन्त्रालयले मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिलाई छानबिन गरी तीन दिनभित्र राय सहितको प्रतिवेदन पेश गर्न कार्यदेश दिइएको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ वास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जि सी छन् ।

१३ माघ २०८०, शनिबार ०५:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस