यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी / धादिङको गजुरी ५ गलौँदीमा ९औँ महोत्सवको आज चौथो दिनपनि भब्य रुपमा सञ्चालन हुँदैछ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित महोत्सव सुरु भएको हो ।
आजको महोत्सवमा ख्यातीप्राप्त र चर्चित कलाकारहरु रचना रिमाल, गायक बिनेश काफ्ले, तारा थापा, समन बिटी, सन्तोष लिम्बु लगायतका ब्यक्तित्वहरुबाट भब्य मनोरञ्जन प्रदान गरिनेछ ।
आज शनिवारका दिन सरकारी तथा अन्य संस्थाहरुपनि बिदा हुने भएकाले आज मानिसहरुको ओईरो नै लाग्ने आशा गरिएको छ ।
महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्धनमा टेवा पु¥याउने रहेको धादिङ उद्योग बाणिज्य संघका सदस्य रोहित भण्डारीले बताउनुभयो ।
महोत्सवमा कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री गर्न २ सय ४० स्टल रहेका छन् । महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिनेछ ।
घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर ¥याफ्टिङ पनि जारी छ । स्थानीय उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । अहिले प्रदर्शनमा बिभिन्न कृषिजन्य सामाग्रीहरु रहेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव माघ २१ गते सम्म संचालन हुनेछ ।