यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
नवौं धादिङ महोत्सव गजुरीको गलौंदिमा यहि माघ १० गते देखि भलि रहेको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा त्रिशुली नदीमा र्याफ्टिङ रहेको छ । दुई वटा प्याकेजमा चलि रहेको र्याफ्टिङमा आज शनिवारको दिन विषेश छुटका साथ चल्ने आयोजकले जानकारी दिएको छ । घाटबेसीको वाटर किङ्डमदेखि महोत्सवस्थल सम्मको रु ५०० र महोत्सव स्थल वरपर घुम्नका लागि रु २०० को टिकटको व्यवस्था मिलाईएको धादिङ उद्योग बाणिज्य संका अध्यक्ष विष्णु थपलियाले जानकारी दिनु भयो । यस अघि लामो दुरीको सात सय र छोटो दुरीको तिन सयको टिकट शुल्क रहेको थियो ।