|  

मुग्लिन पोखरा सडक : पश्चिमखण्डमा पनि कालोपत्रको तयारी

१३ माघ २०८०, शनिबार १०:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । मुग्लिन–पोखरा सडक आयोजनाले पश्चिम खण्डमा पहिलोपटक कालोपत्रका लागि परीक्षण शुरु भएको छ । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाको हलेदीमा कालोपत्रका लागि परीक्षण गरिएको हो ।

कालोपत्रमा प्रयोग गरिएका साधन तथा कच्चा पदार्थ ठीक छ कि छैन भनेर परीक्षण गरिएको मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका इन्जिनियर नारायण पौड्यालले जानकारी दिनुभयो । जामुनेबाट कोत्रेसम्मको पाँच किलोमिटर दूरी फागुन १५ भित्र कालोपत्र गर्ने तयारी छ ।

पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेको छ । पश्चिम खण्डमा अहिलेसम्म १५ प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो । यस्तै मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ । पूर्वी सडकखण्डमा ४४ प्रतिशत काम सकिएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो।

१३ माघ २०८०, शनिबार १०:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस