|  

सुनको मूल्य आज तोलामा १ लाख १८ हजार रुपैयाँ

१३ माघ २०८०, शनिबार १२:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सुनको मूल्य स्थिर कायम भएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम रहेर कारोबार भएको हो ।

यो साताको आइतबार गत शुक्रबारको तुलनामा ४०० रुपैयाँले बढेर १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यसयता लगातार चौथो दिन सुनको मूल्य स्थिर रह्यो । यसबाहेक, बिहीबार ४०० रुपैयाँले घटेर १ लाख १८ हजार कायम भयो र शुक्रबार पनि सोही मूल्यमा कारोबार भयो ।

यस्तै, यो साता चाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । यो साता तोलामा ५ रुपैयाँले बढेर चाँदीको मूल्य १४ सय कायम भएको छ ।

१३ माघ २०८०, शनिबार १२:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस