|  

विश्वभर दादुराको जोखिम बढ्दै,अनिवार्य खोप लगाउन विश्व स्वास्थ्य संगठनको आग्रह

१४ माघ २०८०, आईतवार १५:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले विश्वभर बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएको छ । यमन, भारत र काजकस्तानमा सङ्क्रामक रुपमा देखिएको दादुरा विश्वका सबै भागमा देखा परिरहेको डब्ल्यूएचओले जनाएको छ । केही वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्न थाल्नु र दादुरा सङ्क्रमण बढ्दै जानु जोखिमपूर्ण रहेको हो ।

डब्ल्यूएचओको प्रतिवेदन अनुसार सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेका छन् भने विश्वव्यापी रूपमा मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको छ । गएको वर्ष युरोपमा दादुराको सङ्क्रमण ३० गुनाले बढेको पाइएको छ । आँखा रसाउनु, रातो हुनु र दुख्नु, रुघा र खोकी लाग्नु, बिरामी भएको महसुस गर्नु, मुखभित्र ससाना फोका देखा पर्नु, छालामा रातो वा खैरो खटिरा देखिनु दादुराका लक्षण हुन् ।

 

१४ माघ २०८०, आईतवार १५:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस