यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । गण्डकी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मी क्लबले गण्डकीलाई ६८ रनले पराजित गरेको हो।
यो जितसँगै आर्मी क्लब अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ। आर्मी क्लबले नौ खेलमा सात खेल जितेर १४ अंक जोडेको छ।
नेपाल प्रहरी क्लब यसअघि नै फाइनलमा पुगिसकेको छ। शीर्षस्थानमा रहेको प्रहरी क्लबको १६ अंक छ। प्रहरी क्लबले अहिलेसम्म खेलेका आठै खेल जितेको छ। फाइनल खेल प्रहरी क्लब र आर्मी क्लबबीच शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ।