यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङ गजुरी गाउँपालिका वडा नम्बर १ मा रहेका बिनय तामाङको वाँया खुट्टा गजुरी गाउँपालिका सरकारले सहयोग गरेको छ ।
नेपाल अर्थोटिक केन्द्र प्रोस्थेटिक प्रालि धुम्बाराही काठमाडौँमा खुट्टा फेरेर हिड्न सक्ने बनाएको र वाँया खुट्टाको १ बर्ष ग्यारेन्टी समेत रहेको रोशन थापाले बताउनुभयो ।
२०६२ सालमा गजुरीको चालिसेमा छ बर्षको उमेरमा रोड क्रस गर्दा ट्र्कले हानेर अपांग बनाएको थियो । वाँया खुट्टा पुरै गाउँपालिकाले फेरेर हिड्न सक्ने बनाइदिएको समेत गजुरी गाउँ पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।