|  

बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट भएपछि एमाले धादिङ अधिवेशन स्थगित

२१ माघ २०८०, आईतवार ११:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । गत शुक्रबार सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा हिजो बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको हो ।
बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले एक विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको जनाएका छन् ।जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको बताइएको छ ।
जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२१ माघ २०८०, आईतवार ११:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस