यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । यू १९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । दक्षिण अफ्रिकामा आयोजित विश्वकप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको हो ।
देव खनालको कप्तानीमा रहेको टोलीले पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्डसँग समूह चरणमा खेलेको थियो । जसमा अफगानिस्तानलाई नेपालले पराजित गरेर सुपर सिक्समा पुगेको थियो ।
सुपर सिक्समा नेपालको भिडन्त बंगलादेश र भारतसँग भएको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो ।