यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले दुरदराजका जनतालाई विकास दिने कुरामा कन्जुस्याँईं नगर्ने बताउनु भएको छ । गजुरी गाउँपालिका वडा नं. ७ को भालुखोपमा रहेको जुनतारा अधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने क्रममा अध्यक्ष श्रेष्ठले यस्तो बताउनु भएको हो । गाउँपालिकाको माथिल्लो भु–भाग विकासको हिसावले पछि परेको भन्दै छिटो भन्दा छिटो विकट रहेको वस्तीहरुमा गाउँपालिका सरकार छ भन्ने आभाष गराउने छौं !, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई मुख्य प्रथामिकतामा राख्दै विकासका योजनाहरु अघि बढाई रहेको गजुरी गाउँपालिकाले पालिकाका सबै वडामा १२ मास सवारी साधान चल्ने सडक पूर्वाधाधरको निर्माण गरेको छ भने स्वास्थ्य र शिक्षालाई पनि सबैको पहुँचमा पुग्ने गरी काम गरि रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । जुनतारा आधारभुत विद्यालयको १०३ जना विद्यार्थीलाई न्यानो पोषाक वितरण कार्यक्रममा गजुरी गाउँपालिका वडा नं. ७ का अध्यक्ष वद्रि प्रसाद जम्कटेल, महिला नेतृ चेलिमायाँ तामाङ, माओवादी केन्द्रका नेता सूर्य ब. तामाङ लगायतको उपस्थिती रहेको थियो । निभा विल्डर्स सप्लायर्सको सहयोगमा गजुरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरेका हुन् ।