|  

भ्रष्टचारीलाई समात्दा वक्तव्यबाजी र राजनीतिक दबाब दिन बन्द गर्नुस् : गृहमन्त्री

२६ माघ २०८०, शुक्रबार १५:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई समात्दा वक्तव्यबाजी र राजनीतिक दबाब दिने काम बन्द गर्न आग्रह गरेका छन्।

शुक्रवार अध्यागमन विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टहरूलाई समात्दा सम्बन्धित संस्थाहरूले वक्तव्यबाजी गर्ने र दलका नेताहरूले दबाव दिने गरेको बताउँदै त्यस्तो काम बन्द गर्न आग्रह गरेका हुन्।

उनले पहुँचवालाहरु पक्राउ पर्दा उनीहरूमाथि कारबाही गर्न नहुने भन्दै ठुल्ठूला संस्थाहरूले वक्तव्यवाजी गर्ने गरेको बताए ।

 

२६ माघ २०८०, शुक्रबार १५:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस