|  

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्ने तयारी

२६ माघ २०८०, शुक्रबार १५:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । निर्वाचन आयोगले अगामी चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने विषयमा छलफल गरेको छ । आयोगले शुक्रवार विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा कार्यविधिबारे सर्वदलीय बैठक बोलाएको थियो ।

२०८४ मा हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने गरी त्यसको तयारी तीव्र रुपमा अगाडि बढेको जानकारी आयोगले गराएको लोकतान्त्रिक समाजवादी पार्टीका सचिव मनिष मिश्रले बताए ।

त्यसका लागि विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ ।

२६ माघ २०८०, शुक्रबार १५:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस