|  

आन्तरिक स्रोतबाट राज्यका दायित्व धान्नै नसक्ने अवस्था आयो : अर्थमन्त्री महत

२६ माघ २०८०, शुक्रबार १५:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको बताउनुभएको छ ।

नेपाल व्यवस्थापन सङ्घले ललितपुरमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरू सुनिश्चित गर्दा समस्या आएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको बताउनुभयो । द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको उहाँले बताउनुभयो । नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको अर्थमन्त्री महतको भनाइ छ ।

सङ्घीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढ्दा आन्तरिक स्रोत र साधनबाट उठेको राजस्वले राज्यका सबै दायित्व धान्न कठिन हुँदै गएको महतले बताउनुभयो ।

२६ माघ २०८०, शुक्रबार १५:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस