|  

विकासमा बागमतीको बजेट खर्च निराशाजनक, कर्मचारी र पदाधिकारीको तलबभत्तामा उत्साह

२९ माघ २०८०, सोमबार १३:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । चालु आर्थिक वर्षको ६ महिनामा बागमती प्रदेश सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक वर्ष ०८० ८१ को ६ महिनामा प्रदेश सरकारको पुँजीगत अर्थात् विकास बजेट खर्च १३ प्रतिशत मात्रै छ । तलबभत्ता र कार्यालय व्यवस्थापनमा भने विकास खर्चको तुलनामा झण्डै दोब्बर खर्च भएको छ ।

बागमती देशका सात प्रदेशहरुमध्ये सबैभन्दा ठूलो आकारको बजेट ल्याउने र बढी आम्दानीको स्रोत भएको प्रदेश हो । बागमती प्रदेशले ६२।७० अर्बको बजेटमा चालुतर्फ २६।०७ अर्ब र पुँजीगततर्फ २१।६६ अर्ब बजेट विनियोजन गरेको थियो ।

तर, विकास बजेट खर्चमा बागमती सुरुवाती वर्ष अर्थात् २०७५र७६ देखि नै कमजोर छ ।

 

२९ माघ २०८०, सोमबार १३:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस