यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । महिलाहरुको सिप तथा क्षमतालाई अभिबृद्धि गराई आत्मनिर्भर बनाउने उद्धेश्यले प्रगतिशिल महिला समूहको आयोजना र सामाजिक विकास कार्यान्वयन इकाई बागमती प्रदेशको समन्वयमा १३ दिने क्रिष्टल माला बनाउने तालिमको शुभारम्भ भएको छ ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ मा महिलाहरुको आयआर्जनमा सुधार गर्दै महिला उद्यमशिलता बढाउने उदेश्यसहित यो तालिम सञ्चालन गरिएको हो । अहिले गजुरी गाउँपालिकाले महिला जागरणका बिबिध कार्यक्रमहरु ल्याईरहेको छ ।
आज एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन गर्दै उहाँले गजुरीका प्रत्येक वडामा यस्ता सिपमूलक तालिमहरु सञ्चालन भईरहेको बताउनुभयो । महिलाहरुको बृद्धि बिकासमा टेवा पुराउने उदेश्यसहित यस्ता तालिमहरु सञ्चालन भईरहेको उहाँको भनाई थियो ।
सिपमुलक तालिमबाट सिकेको सिपलाई ब्यबहारमा उतार्ने हो भने जिविकोपार्जनमा सहज भई स्वाबलम्बी हुन मद्धत मिल्ने गजुरी गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले अहिले बजारमा सुनचाँदीका गरगहना जस्तै क्रिष्टलका मालाको माग बढिरहेकोले महिलाले बनाएको मालालाई बिक्री गर्न बजारीकिकरणको अभाब नभएको बताउनुभयो । गजुरी गाउँपालिकाले बजारीकरणको जिम्मा लिने समेत उहाँको भनाई थियो ।
सिप सिकेको ब्यक्ति कहिँपनि पछाडी हट्नु नपर्ने र सिपयुक्त मानिस सफल हुने कुरामा ढुक्क हुन सामाजिक विकास कार्यान्वयन इकाई बागमती प्रदेश गजुरीका प्रमुख लोक बहादुर वाईवाले जानकारी दिनुभयो ।
महिलाहरुको शिक्षा, आयाआर्जनको बाटोलाई फराकिलो बनाउने उदेश्यसहित यो तालिम सञ्चालन भएको प्रगतिशिल महिला समूहकी अध्यक्ष सुनिता पाण्डेले जानकारी दिनुभयो । तालिममा सहभागी महिलाहरुले तालिमले आफुहरुमा भएको सिप तथा क्षमतालाई उजागर गर्ने र व्यवसायिक सोचको विकास गर्नेमा आशावादी रहेको बताएका छन् ।