यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले भोलि अर्थात जनयुद्ध दिवसको दिन गजुरी गाउँपालिकामा विदा दिने निर्णय स्थानीय सरकारको अधिकार भित्र नै रहेर दिएको बताउनु भएको छ ।
गजुरी गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै संघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको लागि शुरू भएको महान् जनयुद्ध दिवसको अवशरमा फागुन १ गते गाउँपालिका अन्तर्गतका सार्वजनिक निकाय, विद्यालय, संघ संस्था हरुको लागि सार्वजनिक विदा दिएको हो । अध्यक्ष गणेशलाल श्रेष्ठले विदा दिने निर्णय स्थानिय सरकारको अधिकार क्षेत्र भित्र रहेर दिएकोले विदा कायम रहेको प्रदेश हब डटकम सँग बताउनु भएको हो ।
गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विशुरालले भने जनयुद्ध दिवसको दिन सार्वजनिक विदा नहुने भन्दै अर्को सूचना जारी गरेपछि गाउँपालिका वासी अन्यौलमा परेका छन् ।
यद्यपि गजुरी गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार भोलि अर्थात् जनयुद्ध दिवस फागुन १ गतेको सार्वजनिक विदा जनयुद्धको सम्मानको लागि कायम रहेको र गजूरी गाउँपालिकाको स्थानिय सरकार प्रमुखको निर्णय नै आधिकारिक भएको जानकारी दिनुभएको छ ।