यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण बढाएको हो ।
हिजबुल्लाहको रकेट फायरले इजरायलमा एक सैनिकको ज्यान गएपछि इजरायल हिजबुल्लाहप्रति आक्रामक बन्दै गएको बीबीसीको खबरमा उल्लेख छ ।