|  

गाउँमै सिंहदरवारको अनुभव : गजुरी-८ ठूलो बाङ्गेका तीन जना अशक्तलाई घरमै पुगेर नागरिकता बितरण !

३ फाल्गुन २०८०, बिहीबार १२:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङको गजुरी गाउँपालिका–८, ठूलो बाङ्गेस्थित सेवाग्राहीकै घरमा पुगी ७४ बर्षीय कान्छीमाया तामाङ, ६९ बर्षीय सुनिता गोले र २४ बर्षीय नवराज थोक्रा तामाङलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरि राष्ट्रिय परिचयपत्रको लागि विवरण समेत दर्ता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङ,गजुरी गाउ्रँपालिका तथावडा नम्बर ८ को संयुक्त प्रयासमा घरमै पुगेर नागरिकता बितरण गरिएकोहो । नेपाली नागरिकता प्राप्त भएपछि राज्यबाट प्राप्त हुने सेवासुविधा लिन सहज भएको छ ।
विभिन्न कारणले जिल्ला प्रशासन कार्यालय धादिङ पुग्न नसकेका नागरिकलाई घरदैलोमा पुगेर जिल्ला प्रशासन कार्यालय धादिङ र गजुरी गाउँपालिकाले सेवा दिईरहेको छ ।
प्रशासन कार्यालयले विगतदेखि नै समस्यामा परेका नागरिकलाई घरदैलोमा नै गएर सेवा दिने गरेको छ । अरू स्थानीय तहमा पनि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय पुग्न नसकेर समस्यामा परेका नागरिक भए सूचना दिन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले गाउँपालिकाको आग्रहअनुसार तीन जना नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो ।
गाउँघरमा धेरै नागरिक उमेर पुग्दासमेत विभिन्न कारणले नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेका छन् । नागरिकता वितरणका लागि पालिका र प्रशासनले थप ध्यान दिनु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।
नागरिकता पाउन योग्य भएर पनि अपांगता र अशक्तताको कारण जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नागरिकता बनाउन नसकेका धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नं ८ ठूलो बाङ्गेका तीन जना नागरिकलाई नागरिकता वितरण गर्न पाउँदा निकै खुसि लागेको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरूको मुहारमा झल्किएको खुशीले आत्मसन्तुष्टि मिलेको छ । जिल्ला सदरमुकामबाट करिव ४ घण्टाको कच्ची बाटो पार गर्दै राती ८ बजे सेवा प्रदान गरेर मध्य रातमा फर्किदाको दुस्ख भन्दा नागरिकता नपाएर सेवा सुविधाबाट बन्चित भएका नागरिकलाई नागरिकता दिन पाउँदाको खुशी कैयौं गुणा अमूल्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो ।
वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैरे, गजुरी गाउँपालिका का अध्यक्ष श्री गणेशलाल श्रेष्ठ, नासु कृष्णप्रसाद थपलिया, कम्प्युटर अपरेटर जानुका दवाडी, वडा अध्यक्ष द्वोय ७ र ८ अध्यक्ष श्री बद्री प्रसाद जम्कटेल, देवराज ओझा, नेकपा माओवादी केन्द्र गजुरी गाउँपालिका अध्यक्ष सूर्य बहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।

३ फाल्गुन २०८०, बिहीबार १२:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस