|  

४ लाख १२ हजार स्टिक गुलाब प्रणय दिवसमा खपत

३ फाल्गुन २०८०, बिहीबार १६:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ — गत वर्षको भ्यालेन्टाइन्स डे प्रणय दिवसको तुलनामा यस वर्ष १८.३९ प्रतिशत बढी गुलाब फूल खपत भएको छ । माघ २४ मा ‘रोज डे’ मनाउँदै सुरु भएको भ्यालेन्टाइन्स डे मा यस वर्ष ४ लाख १२ हजार स्टिक गुलाब फूल खपत भएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ ।

गत वर्ष ३ लाख ४८ हजार स्टिक गुलाब फूल खपत भएको थियो । माघ २४ मा सुरु भई फागुन २ मा सकिएको प्रेम दिवस अवधिभर ४ करोड रुपैयाँभन्दा बढीको गुलाबको कारोबार भएको एसोसियसनले जनाएको छ ।

यस वर्ष ३ लाख ५० हजार स्टिक गुलाब फूल खपत हुने अनुमान गरिएकोमा ४ लाख १२ हजार स्टिक फूल खपत भएको एसोसियसनका अध्यक्ष मिनबहादुर लामाले बताए ।

फूलको गुणस्तर अनुसार प्रति स्टिक गुलाब फूलको ८० रुपैयाँदेखि १२० रुपैयाँसम्म कारोबार भएको एसोसियसनले जनाएको छ । यस वर्ष ८.५० प्रतिशत आन्तरिक र ९१.५० प्रतिशत गुलाब फूल खपत भएको छ ।

प्रेम दिवसको लागि हुने जम्मा बजार मागको भण्डै ६० प्रतिशत काठमाडौ उपत्याकामा र ४० प्रतिशत अन्य शहरमा खपत हुने गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोकमा गुलाब फूलको व्यवसायीक खेती हुने गरेको छ । अन्य जिल्लामा पनि गुलाब फूलको व्यवसायीक खेती बिस्तार हुने क्रममा रहेको एसोसियसनले जनाएको छ ।

 

 

३ फाल्गुन २०८०, बिहीबार १६:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस