|  

धादिङको चरौँदीमा राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आउँदै

५ फाल्गुन २०८०, शनिबार ०७:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङको चरौँदीमा राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्धघाटन गर्न प्रचण्ड आउने भएका छन् ।
बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा इन्दे्रणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता हुन लागेको हो । राष्ट्रिय लोक तथा दाहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा फागुन ५ गतेदेखि ८ गतेसम्म प्रतियोगिता हुनेछ ।

४८ टिमको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख, द्धितिय पुरस्कार २ लाख, तृतिय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको छ । त्यसैगरी प्रतियोगी कलाकार मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नव गायिकालाई समेत आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

 

५ फाल्गुन २०८०, शनिबार ०७:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस