यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । भ्रमणका लागि सोलुखुम्बुको खुम्बु क्षेत्र पुगेका दुई जना विदेशी नागरिकको ज्यान गएको छ । बेलायती नागरिक ४२ वर्षकी एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षका वइनश्व डोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बेलायती नागरिक डायरोका गोरक्सोपमा रहेको एक होटलमा बास बसेको बेला बेहोस भएर ज्यान गएको हो । यस्तै, चिनियाँ नागरिकको रेन्जोला पास गरेर फर्किने क्रममा बाटोमा ज्यान गएको हो ।