यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ ।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले विरोध जनाएको छ ।
आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले ज्वालालाई बर्खास्त गर्न माग गरे ।त्यसपछि बोलेका रास्वपाका सभापति एवम् सांसद रवि लामिछानेले पनि बालकुमारी घटनामा मन्त्री नै दोषी भएको भनेर छानबिन समितिले निष्कर्ष निकाल्दा पनि प्रधानमन्त्री र मन्त्रीले नैतिकताको प्रदर्शन नगरेको बताए ।