|  

‘रुसी सेनामा भर्ती भएका ९४ नेपालीको मृत्यु’

६ फाल्गुन २०८०, आईतवार १३:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । रास्वपाका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरु अलपत्र परेकाले कूटनीतिकमार्फत् उनीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साथै उनले रुसी सेनामा भर्ती भएका ९४ जना नेपालीको मृत्यु भएको जानकारी दिए । सांसद अर्यालले रुसी सेनामा भर्ती भएका एक हजार नेपाली घाइते भएका र पाँच हजार नेपाली रुसी सेनामा भर्ती भएको बताए । उनले उक्त तथ्याङ्क अपुष्ट भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

६ फाल्गुन २०८०, आईतवार १३:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस