गजुरी गाउँपालिका वडा नं.७ मा मेटल,चुरा,पोते, ब्रास्लेट,टप बनाउने सम्बन्धि तालिम सम्पन्न भएको छ । मेधावी साना किसान सहकारी संस्था लि.ले आयोजना गरेको १५ दिने तालिम आज सम्पन्न भएको हो ।
सधै घरायसी काम धन्दामा मात्र सीमित रहने महिलाहरु यतिबेला सीप सिकेर आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरामा सचेत भएको पाईन्छ । कुनै समयमा पुरुषको आदेशमा चल्ने महिलाहरु अहिले आफैमा मेहेनत गरेर स्वरोजगार बन्न खोजिरहेका छन् । अवसर पाए महिलाहरुले पनि पुरुष सरह गर्न सक्छन् भन्ने उद्धेश्यले गजुरी ७ का महिलाहरुको लागि चुरा, पोते तालिम संचालनमा ल्याएको थियो ।
महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउन चुरा, पोते, ब्रास्लेट,टप, माला तालिम संचालन गरिएको हो । उक्त सहकारीको आयोजनामा १५ दिनसम्म सञ्चालन भएको तालिम निकै उपयोगी भएको सहभागी महिलाहरुले बताएका छन् । तालिममा सहभागि महिलाहरुले तालिमले हौसला थपेको भन्दै सामाग्री उत्पादन गरेर बजारीकरणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महिलाहरुको दैनिक जिवनमा प्रयोगमा आउने सामाग्री उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको सिपमुलक तालिममा चुरा, पोते, माला बनाउन सिकाएर रोजगारमूलक समाजनिर्माणमा जोड दिईएको वडा नम्बर ७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कटेलले बताउनुभयो ।
उक्त कार्यक्रमको समापन गजुरी गा.पा का अध्यक्ष गणेश लाल श्रेष्ठले गर्नुभएको हो । कार्यक्रमको समापनमा बोल्नुहुदै उहाँले गजुरी गाउँपालिकाले आयोजना गरेको यो कार्यक्रमले गजुरी गाउपालिका भरिका महिलाहरुलाई आत्मनिर्भर बनाएर अगाडी बढ्नमा सहयोग पुग्ने बताउनुभयो ।
अहिले महिला स्वरोजगारका कार्यक्रमहरु गज’री गाउँपालिकाभरि नै सञ्चालन भईरहेको भन्दै महिलाहरुको जिविको पार्जनमा सहयोग पुराउने कुरामा गाउँपालिका हरसम्भव कोसिस गरिरहेको उहाले बताउनुभयो ।
गजुरी गाउँपालिका वडा नम्ँबर ७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कटेलले तालिम लिएपछि यो ब्यबहारमा पनि लागु गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । उहाँले तालिम मात्र लिने र सिकेको सिपलाई सहि ठाउँमा प्रयोग नगर्ने हो भने तालिम लिनुको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले असिहले चुरा, पोते लगायतका सामाग्रीहरु बनाउन जानेर अब यसलाई ब्यवसायमा पनि जैजानुपर्ने बताउनु भयो । काम गरिसकेपछि बजारको लागी वडाले पनि सहयोग गर्ने बताउनुभयो ।
यसैक्रममा मेधावी साना किसान सहकारी संस्था लि का अध्यक्ष चेलीमायाँ तामाङले अहिले यो तालिमसँगै महिलाहरुमा निकै उत्साह थपिएको आफुले पाएको बताउनुभयो । यो १५ दिनसम्मको लामो तालिमपछि महिलाहरुमा पनि केहि गर्छ‘ भन्ने भावना बिकास भएको उहाको भनाई थियो । अहिले तालिममा सहभागी भएपछि ७ नम्बरका महिलाहरुमा मात्र नभई अब सबै क्षेत्रमा यो तालिम राख्न जरुरी देखेको उहाको भनाई थियो । अहिले महिलाहरुले सिकेको सिपलाई तालिमममा मात्र सिमित नगरी ब्यबसायकै रुपमा अगाडी जाने कुरामा पालिकाले कुनै सन्देह गर्न नमिल्ने उहाँको भनाई थियो ।
कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ, गजुरी १,६,७ का वडा अध्यक्षहरु तारानाथ भण्डारी, भक्त बहादुर कर्ण तामाङ, बद्री प्रसाद जम्कटेल, नेकपा माओवादी केन्द्र गजुरी गाउँपार्टी कमिटीका अध्यक्ष सुर्य तामाङ, आदर्श बहुमुखी क्याम्पस गजुरीका सभापति गणेश पाण्डे लगायतको सहभागीता रहेको थियो ।