यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । विगत ३ दिनदेखि बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ । आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विगत ३ कारोबार दिनमा सुनको मूल्य लगातार बढेको थियो ।
गत बिहीबार तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ रहेको सुन शुक्रबार ६ सय बढेर १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो । आइतबार ५ सयले बढेर १ लाख १७ हजार ६ सय पुगेको सुन सोमबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि मंगलबार स्थिर छ । प्रतितोला १ हजार ४१० रुपयाँमा चाँदीको कारोबार भइरहेको छ ।