|  

दादुरा,रुबेला खोप अभियान जिल्ला स्तरिय खोप सन्चालन गर्न गजुरीमा अन्तरक्रिया कार्यक्रम सप्पन्न

१० फाल्गुन २०८०, बिहीबार १४:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिकाको आयोजनामा र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको सह आयोजनामा राष्ट्रिय खोप कार्यक्रम दादुरा,रुबेला खोप अभियान जिल्ला स्तरिय खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम सुरुवात भएको छ।

नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त कार्यक्रममा २०३४ साल देखि शुरूवात भएको र हाल १३ थरिका एन्टिजेन १६००० भन्दा बढि खोप केन्द्रहरू मार्फत सेवा दिइरहेको र बालबालिकाहरुले ८०% प्रतिशत खोप पाएका छ्न।

गजुरी गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीको सयुक्त आयोजनामा यहि फागुन १३ देखि २१ गते भित्र दादुरा,रुबेला खोप लगाउन उदेश्यले सन्चालनमा लेराएको र स्थान समेत तोकेको स्वास्थ्य शाखा गजुरीका प्रमुख सुन्दर श्रेष्ठले बताउनुभयो।

खोप कार्यक्रममा अपेक्षित प्रगति ९५% र सबै तहमा एकरूपता नभएको कारणले अपेक्षित प्रगति (९५%) र सबै तहमा एकरूपता नभएकोले राष्ट्रिय स्तरको तुलनामा प्रादेशिक, प्रदेशको तुलनामा जिल्लाहरूको र जिल्लाको तुलनामा स्थानिय तहको प्रगतिमा एकरूपता नहुनु, शून्य खोप तथा डूप आउटको संख्या बढ्दै जानु,सुक्ष्मयोजना अद्यावधिक र पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु,महामारीहरू देखा परी रहनु,खोप खेर जाने दर उच्च बढ्ने जस्ता समस्याहरु देखा नपरुन भनेर खोप सन्चालनमा लेराएको डाक्टर सुदिप पाण्डेले बताउनु भयो।

दादुरा रूबेला खोप अभियानको औचित्य सन् २०२६ सम्ममा दादुरा रूबेला निवारण गर्न नेपाल सरकारको प्रतिवद्धता नियमित खोपमा दादुरा रूबेलाको प्रगती सबै तहमा एकरूपता नरहेको (९५% भन्दा कम भएको छ।

गजुरी गाउँपालिका का अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ,वडा अध्यक्षहरू वडा नम्बर १,२,७ र ८ का तारानाथ भण्डारी, द्राेण कडेल, बद्री प्रसाद जम्कटेल र देवराज ओझा, कार्यपालिका सदस्य सन्तमान प्रजा,वडा सदस्य कवि प्रसाद दुलाल,प्रेस सेन्टर गजुरी गाउँपालिका अध्यक्ष गणेश पाण्डे लगायतको सहभागी रहेको थियोे।

कोभिढ १९ महामारीको समय (सन् २०२०) मा सम्पन्न भएको दादुरा रूबेला खोप अभियान पश्चात कभरेज सर्भेक्षण गर्दा जम्मा ८४% कभरेज रहेको, अन्य कारणहरूले गर्दा छुट भएका बालबालिकाहरूको संख्यमा वृद्धी भई सन् २०२२ र २०२३ मा दादुराको महामारी देखा परेको हो।

१० फाल्गुन २०८०, बिहीबार १४:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस