यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले लघुवित्त र सहकारीका साथै मिटरब्याजपीडितको समस्या समाधान गर्न गम्भीर रहेको बताएकी छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले सरकारले लघुवित्त र सहकारीका साथै मिटरब्याजपीडितका समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताएकी हुन् ।
उनले यसअघि पनि आयोग बनाएर नै मिटरब्याजपीडितको समाधानको प्रयास भइरहेको भन्दै बाँकी पीडितहरुको समस्या पनि समाधान हुने प्रतिवद्धता जनाइन् ।
व्यवहारिक रुपमा परेका समस्याहरुको यकीन गरेर समाधान गर्नैपर्ने उनको भनाइ छ । कानूनअनुसार प्रशासन कार्यालयमा कर्मचारी व्यवस्थापन गरेर आएका समस्या समाधान गर्नका लागि सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।