|  

एमाले केन्द्रीय कमिटी बैठकबाट २२ बुँदे प्रस्ताव पारित

११ फाल्गुन २०८०, शुक्रबार ०६:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन ११, काठमाडौँ । नेकपा एमालेले २२ बुंदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटी बैठक सकिएको छ । केही राजनीतिक र अधिकांस जनजीविकाका प्रस्तावहरु पस गर्दै बैठक सकिएको हो ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्ती अनुसार बैठकले सहकारी, भूमि व्यवस्था,सुकुम्बासी समस्या,दुग्ध उत्पादक किसानको ६ अर्ब बक्यौता,बसाँइसराइ लगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले महंगी ,खाद्यपदार्थमा मिसावट,भूकम्प पीडितका समस्यामा सरकार उदासिन बनेका कारण थप ३८ जनाले ज्यान गुमाउनु परेको घटनाप्रति पार्टी गम्भिर बनेको जनाएको छ ।

११ फाल्गुन २०८०, शुक्रबार ०६:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस