|  

जाजरकोट भूकम्पःअस्थायी आवासका लागि थप ९० करोड निकासा

११ फाल्गुन २०८०, शुक्रबार १०:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । जाजरकोट भूकम्पबाट प्रभावितका लागि अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन थप रु ९० करोड निकासा भएको छ ।

यसमध्ये रु ५० करोड जाजरकोट र रु ४० करोड रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइसकिएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।

अहिलेसम्म अस्थायी आवास निर्माण गर्न कूल रु तीन अर्ब १६ करोड निकासा भएको प्राधिकरणले जनाएको छ । हालसम्म पहिचान भएका लाभग्राहीको सङ्ख्या ८२ हजार नौ सय ३७ पुगेको छ । अस्थायी आवास निर्माणमा पनि उल्लेख्य वृद्धि भएको जनाइएको छ ।

११ फाल्गुन २०८०, शुक्रबार १०:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस