|  

राजनीतिक संस्कार नभएका प्रतिपक्षीसँग काम गर्न गाह्रो भयो : प्रधानमन्त्री

१२ फाल्गुन २०८०, शनिबार १३:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदका प्रतिपक्षी दलले कूराजनीतिक संस्कार देखाएको बताएका छन् । उनले प्रतिवेदन अध्यायन भइरहेका बेला बालकुमारी घटनालाई लिएर मन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्न खोज्नु प्रतिपक्षी दलको कूराजनीतिक संकार भएको बताएका छन् ।

बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेकाले यसको अध्यान नसकि निर्णय लिन नमिल्ने उनको भनाइ छ । शनिबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले अध्ययनपश्चात् सरकारले आवश्यक निर्णय लिने बताए ।

उनले भने, ’बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो । प्रतिवेदन अध्ययनको प्रक्रियामा छ । अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं । यो सरकारको क्षेत्राधिकार हो । प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ । कूसंस्कारको राजनीतिले कसैलाई फाइदा गर्दैन ।’

उनले आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन पार्टीका सांसदहरूलाई निर्देशन दिए । आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ । विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस’ उनले भने ।

१२ फाल्गुन २०८०, शनिबार १३:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस