|  

वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको छ : गृहमन्त्री

१२ फाल्गुन २०८०, शनिबार १४:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताएका छन् । सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले त्यस्तो बताएका हुन् ।

वर्तमान गठबन्धन र सरकारबारे सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने,यो नेपाली कांग्रेसलाई सोध्नुस् । प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग गरिरहेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको बताए ।

उनले औचित्यपूर्ण ढंगबाट राजीनामा मागे राम्रो हुने सुझाव दिए । सामन्तवादको निकृष्ट अवशेष मिटर ब्याज समस्या रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले सरकार मिटरब्याजपीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक सरकार लागिरहेको बताए ।

१२ फाल्गुन २०८०, शनिबार १४:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस